स्मार्ट फोनलोन
स्मार्ट फोनलोन – छिटो, सरल र स्मार्ट कर्जा!
स्मार्ट फोनलोन एक पूर्ण डिजिटल कर्जा सेवा हो, जसले तपाईंलाई लक्ष्मी सनराइज मोबाइल मनी एपमार्फत साना, छोटो अवधिका कर्जा तुरुन्तै उपलब्ध गराउँछ। यसमा बिना कुनै कागजी प्रक्रिया, धितो वा झन्झट बिना योग्य ग्राहकहरूले पूर्व-अनुमोदित कर्जा सजिलै प्राप्त गर्न सक्नुहुन्छ।
चाहे आपतकालीन अवस्था होस् वा इच्छा पूर्तिका लागि, स्मार्ट फोनलोन तपाईंको छिटो र भरपर्दो वित्तीय सहयोगी हुन सक्छ — जब चाहिन्छ, जहाँ चाहिन्छ।
साना व्यवसाय र स्टार्टअपहरूले लक्ष्मी सन्राइज बैंक किन छान्ने ?

बिना-धितो कर्जा

पूर्ण डिजिटल ऋण

पूर्व-अनुमोदित ऋण
कर्जाका शर्तहरु
- अधिकतम कर्जा रु. ५ लाख सम्म
- अनुमतियोग्य ऋण रकम निर्धारणकर्ताहरू
- औसत मासिक तलब वा खातामा नियमित जम्मा हुने रकम
- खाताको मासिक ब्यालेन्स को साथै निरन्तरता र उपयोगिता
- विद्यमान ऋणहरुको स्थिति र बैंकमा अघिल्लो ऋणहरुकोको इतिहास तथा स्थिति
योग्यताका सर्तहरु:
- बैंकमा बचत खाता भई नियमित कारोबार गरेको हुनुपर्ने
- लक्ष्मी बैंक मोबाइल मनीको सेवाको प्रयोगकर्ता हुनुपर्ने
- ऋणको रकम ग्राहकको खाता र लेनदेनको इतिहासको आधारमा निर्णय विश्लेषण सफ्टवेयर (Decision Analytics Software) द्वारा स्वचालित रूपमा निर्धारण गरिन्छ
- मोबाईल एपमा नै स्मार्ट फोनेलोनको लागि योग्य भए/नभएको थाहा पाउन सकिन्छ।
यदि तपाईं योग्य हुनुहुन्छ भने, मोबाईल मनी मार्फत निवेदन दिन सक्नुहुनेछ। स्मार्ट फोनलोन बारे थप जान्नको लागि, कृपया यहाँ क्लिक गर्नुहोस् ।
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।
