डलर ट्राभल कार्ड

तपाईंको अन्तरराष्ट्रिय भ्रमणको भरपर्दो साथी

लक्ष्मी सन्‌राइजको VISA ओरेन्ज इन्टरनेसनल कार्ड, जसले तपाईंको अन्तर्राष्ट्रिय यात्रा स्मार्ट र सुविधाजनक बनाउँछ । विश्वभर
स्वीकार्य (भारत बाहेक), यो कार्ड कुनै पनि सामान वा सेवा खरीद गरी भुक्तानी गर्ने एक सहज र सुरक्षित माध्यम हो । तपाईंले यो
कार्डबाट सजिलै नगद पनि निकाल्न सक्नुहुन्छ ।

सुविधाहरु

  • भारत बाहेक विश्वभरी स्वीकार्य
  • अमेरिकी डलर वा स्थानीय मुद्रामा भुक्तानी गर्न सकिने
  • अत्याधिक सुरक्षित अन्लाईन कारोबारका लागि 3D Secure Service उपलब्ध
  • लक्ष्मी सन्‌राइज मोबाइल मनीमार्फत तुरन्तै कार्ड ब्लक/अनब्लक/पिन रिसेट वा ग्रिन पिन Apply गर्न सकिने
  • इमेल मार्फत कारोबारको जानकारी पाईने
  • तपाईंको अमेरिकी डलर ट्राभल कार्डमा भएको रकमको ब्याज उपलब्ध गरिने
  • ५ वर्षसम्मको वैधता

शुल्क:

  • सेवा शुल्कको अनुसुची अनुसार शुल्क लागत हुने

योग्यता

  • नेपाली मुद्रा बचत खातावालको हकमा राहदानी भएको खण्डमा वा अन्य विदेशी मुद्रा सटही प्रायोजनका लागि जारी गर्न मिल्ने
  • विदेशी मुद्रा बचत खाता भएका ग्राहकहरुको लागि जारी गर्न मिल्ने

कारोबारको सीमा

नेपालभारत
निकाल्न मिल्ने रकम (अमेरिकी डलर)POS बाट खरीद गर्न मिल्ने (अमेरिकी डलर)निकाल्न मिल्ने रकम (अमेरिकी डलर)POS बाट खरीद गर्न मिल्ने (अमेरिकी डलर)
प्रति कारोबार२००-३,०००३,०००
प्रति दिन२००-३,०००३,०००
प्रति महिना२००-५,०००५,०००
दैनिक कारोबार संख्या सीमा२५

आफ्नो कार्ड सम्बन्धी ध्यान दिनु पर्ने कुराहरु :

  • आफ्नो कार्डको PIN कसैलाई पनि नदिनुहोस्
  • कार्ड हराए वा चोरी भएमा तुरुन्तै रिपोर्ट गर्नुहोस्
  • आफ्नो कार्डको पिन समय-समयमा परिवर्तन गर्नुहोस्
  • प्रत्येक कारोबार पछि सो कारोबार्को एसएमएस / इमेलमा आएको सूचना रुजु गर्नुहोस्
  • कारोबारहरूको प्रमाणीकरणका लागि खाता विवरण जाँच गर्नुहोस्
  • कुनै शन्कास्पद कारोबारहरू फेला परेमा तुरुन्तै बैंकमा सम्पर्क गर्नुहोस्
  • यात्रा गर्नु अघि, लक्ष्मी सन्‌राइज बैंकको कुनै पनि एटिएममा आफ्नो ट्राभल कार्डको परीक्षण गरी र थप सुरक्षाको लागि पिन परिवर्तन गर्नुहोस्
  • तीन पटकसम्म गलत पिन हाल्नु भएमा तपाईंको कार्ड ब्लक हुनेछ ।
  • कृपया तपाईंको Orange International Cardको ब्यालेन्स र कारोबारको ट्रयाक राख्न e-mail alert सेवा subscribe गर्नुहोस्
  • भुक्तानी गर्न कार्ड अपरेटरलाई दिदाँ, यो ‘डेबिट कार्ड’ हो र खाताको प्रकार ‘बचत’ हो भनेर थाहा दिनुहोस् र एटिएमबाट पैसा निकाल्दा पनि ‘सेभिङ एकाउन्ट’ option रोज्न जरुरी छ । गलत खाताको प्रकार छनोट, जस्तै चालू खाता, क्रेडिट कार्ड, आदि भएमा कारोबार असफल हुनेछ ।

कार्ड-सम्बन्धित कुनै पनि जानकारीका लागि, कृपया कार्डहरु बारे सोधिने प्रश्नहरू (FAQs Related to Cards) हेर्न सक्नुहुनेछ ।

कृपया कार्डको प्रयोग र लागतको सम्बन्धी नियम, सर्तहरू र सेवा शुल्कहरूको अनुसूची ध्यानपूर्वक पढ्नुहोला। कुनै प्रश्न वा समस्या भएमा आफ्नो नजिकको लक्ष्मी सन्‌राइज बैंकको शाखा वा हाम्रो Customer Care Center मा ०१-५९७०६८४ / ०१-४२१७०७० / १६६००१२२४४४ (टोल-फ्री) वा WhatsApp / Viber9869496336 मा सम्पर्क गर्न सक्नुहुनेछ । अथवा cx@laxmisunrise.com मा ईमेल पनि गर्न सक्नुहुनेछ ।