अन्तर्राष्ट्रिय सेवा तथा सामान सजिलै अनलाइन खरीद गर्नुहोस् ।
लक्ष्मी सन्राइज OrangE-कार्ड अमेरिकी डलर प्रिपेड कार्ड हो, जस मार्फत अन्तर्राष्ट्रिय सेवा तथा सामान खरीद गर्दा विदेशी मुद्रामा भुक्तानी गर्न सकिन्छ । यस कार्डबाट तपाईंले विभिन्न सेवाहरु जस्तै स्ट्रिमिंग प्लेटफर्मको सदस्यता, वेब-सर्भर होस्टिंग, सुरक्षा प्रमाणपत्र, अनलाइन कोर्षहरु खरीद गर्न साथै अनलाइन विज्ञापन मार्फत आफ्नो सामाजिक स~जाल प्रोमोसन गर्दा सजिलै भुक्तानी गर्न सक्नुहुनेछ । यसबाहेक,आफ्नो मन पर्ने अन्तर्राष्ट्रिय ई-कमर्स साइटहरु बाट अनलाइन किनमेल गर्दा भुक्तानी गर्न सक्नुहुन्छ ।
सुविधाहरु
VISA नेटवर्क अन्तर्गत नेपालको कानूनद्वारा अनुमति प्राप्त सबै अन्तर्राष्ट्रिय अनलाइन मार्केटप्लेसहरूमा स्वीकार्य
अत्याधिक सुरक्षित अन्लाईन कारोबारका लागि 3D Secure Service उपलब्ध
लक्ष्मी सन्राइज मोबाइल मनी मार्फत तुरन्तै कार्ड ब्लक/अनब्लक/पिन रिसेट वा ग्रिन पिन Apply गर्न सकिने
इमेल मार्फत कारोबारको जानकारी पाईने
५ वर्षसम्मको वैधता
शुल्क:
सेवा शुल्कको अनुसुची अनुसार शुल्क लागत हुने
प्रयोग गर्ने सर्तहरू
कार्डमा अधिकमा वार्षिक ५०० अमेरिकी डलर लोड गर्न सकिने
विदेशी मुद्रामा आयश्रोत हुनेहरुको हकमा वार्षिक ५००० अमेरिकी डलर भन्दा बढी नहुने गरी थप रकम कार्डमा लोड गर्न सकिने प्रावधान
नेपाली कानुन बमोजिम प्रति व्यक्ति एउटा मात्र कार्ड जारी गर्न पाइनेछ
यो कार्ड अनलाइन करोबार्हरुको लागि मात्र प्रयोग गर्न सकिनेछ; POS र एटीएम कारोबार गर्न मिल्ने छैन
यो कार्ड नेपालको कानूनको अनुमति प्राप्त सामान तथा सेवाको खरिदको प्रायोजनका लागि मात्र
योग्यता
प्यान कार्ड भएका नेपाली नागरिकहरुले आवेदन दिन सक्नुहुनेछ
आफ्नो कार्ड सम्बन्धी ध्यान दिनु पर्ने कुराहरु :
आफ्नो कार्डको PIN कसैलाई पनि नदिनुहोस्
कार्ड हराए वा चोरी भएमा तुरुन्तै रिपोर्ट गर्नुहोस्
आफ्नो कार्डको पिन समय-समयमा परिवर्तन गर्नुहोस्
प्रत्येक कारोबार पछि सो कारोबार्को एसएमएस / इमेलमा आएको सूचना रुजु गर्नुहोस्
कारोबारहरूको प्रमाणीकरणका लागि खाता विवरण जाँच गर्नुहोस्
कुनै शन्कास्पद कारोबारहरू फेला परेमा तुरुन्तै बैंकमा सम्पर्क गर्नुहोस्
कार्ड-सम्बन्धित कुनै पनि जानकारीका लागि, कृपया कार्डहरु बारे सोधिने प्रश्नहरू (FAQs Related to Cards) हेर्न सक्नुहुनेछ ।
कृपया कार्डको प्रयोग र लागतको सम्बन्धी नियम, सर्तहरू र सेवा शुल्कहरूको अनुसूची ध्यानपूर्वक पढ्नुहोला। कुनै प्रश्न वा समस्या भएमा आफ्नो नजिकको लक्ष्मी सन्राइज बैंकको शाखा वा हाम्रो Customer Care Center मा ०१-५९७०६८४ / ०१-४२१७०७० / १६६००१२२४४४ (टोल-फ्री) वा WhatsApp / Viber – 9869496336 मा सम्पर्क गर्न सक्नुहुनेछ । अथवा cx@laxmisunrise.com मा ईमेल पनि गर्न सक्नुहुनेछ ।